प्रधानन्यायाधीश र वारबीचको विवाद तत्काल समाधान गर्न पेशागत कानुन व्यवसायीको माग

प्रधानन्यायाधीश र वारबीचको विवाद तत्काल समाधान गर्न पेशागत कानुन व्यवसायीको माग

  • सोमवार, माघ १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ १७ माघ ।  

प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन नेपाल पिपिएलएले उच्च अदालतमा न्यायाधीश नियुक्तिको विषयलाई लिएर नेपाल वार एसोसिएसनले सार्वजनिक गरेको विरोधबाट उत्पन्न परिस्थितिका बारेमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सङ्गठनका महासचिव ईश्वरीप्रसाद भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै उच्च अदालतको न्यायाधीश जस्तो गरिमामय पदमा कानुन व्यवसायीबाट गरिएको नियुक्तिमा व्यावसायिकता, वरिष्ठता, पेसागत अनुभव र समावेशीताको सन्तुलन नगरी राजनीतिक हस्तक्षेप गरिएको प्रति आपत्ति जनाएको छ ।

यस्तै संगठनले प्रधानन्यायाधीश र वारबीच तत्काल वार्ता र संवाद गरी समस्याको समाधान गर्न समेत आह्वान गरेको छ । वरिष्ठ अधिवक्ता रामप्रसाद सिटौलाले न्यायपरिषद्को बैठक छाडेर आफ्नो संवैधानिक दायित्व निर्वाह नगरेको भन्दै तत्काल फिर्ता बोलाउन पनि विज्ञप्तिमा माग गरेको छ ।

वारजस्तो न्यायपालिकाको अभिन्न अङ्गले सर्वोच्च अदालतको निर्णयविरुद्ध आन्दोलन गर्ने कुरा न्यायिक मूल्य मान्यता तथा न्यायिक स्वतन्त्रता एवम् स्वयम् नेपाल वारको मर्यादाको विरुद्धमा रहेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ