काठमाडौ १७ माघ ।
व्यवस्थापिका संसदको आजको बैठकले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण सम्बन्धि पाँचौं संशोधन विधेयक पारित गरेको छ । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले प्रस्तुत गर्नुभएको उक्त विधेयक सदनको बहुमतले पारित गरेको हो ।
विधेयकमाथि प्रेम सुवाल, सूर्यप्रकाश वाला राई, रेवतीरमण भण्डारी लगायतका सांसदहरु आ–आफ्नो धारणा राख्नुभएको थियो । सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले वन तथा वन्यजन्तुको संरक्षण तथा आर्थिक समृद्धिमा विधेयक महत्वपूर्ण रहेको बताउनुभयो ।
नेपालले जैविक विविधताको संरक्षणलाई विशेष जोड दिएको उल्लेख गर्दै उहाँले दुर्लभ वन्यजन्तुको संरक्षण र तिनीहरुको अवैध व्यापार नियन्त्रण गर्न विधेयक समय सापेक्ष रुपमा ल्याइएको बताउनुभयो ।
संसद्को वातावरण संरक्षण समितिको प्रतिवेदन सहितको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण पाँचाँै संशोधन विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको थियो ।