एक मिनेटभित्रमा अभिव्यक्ति दिन नसक्दा सांसदलाई वाक्य पूरा गर्न हम्मेहम्मे 

एक मिनेटभित्रमा अभिव्यक्ति दिन नसक्दा सांसदलाई वाक्य पूरा गर्न हम्मेहम्मे 

  • सोमवार, माघ १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ, १७ माघ । व्यवस्थापिका–ससद्को आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक राजनीतिक अवस्था र आ–आफ्ना जिल्लाका समस्याबारे सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, वन संरक्षण, चोरी तस्करी नियन्त्रण, भूकम्पपीडितलाई गृह निर्माणको रकम तत्काल उपलब्ध गराउनुपर्ने, स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन सदनसमक्ष प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो ।

एक मिनेटभित्रमा आफ्ना अभिव्यक्ति प्रस्तुत गर्नुपर्ने नियम पालना गर्न नसक्दा शून्य समयमा बोल्ने अधिकांश सांसदलाई वाक्य पूरा गर्न हम्मेहम्मे परेको थियो ।

शून्य समयमा सांसदहरू बलबहादुर महत, बलराम अधिकारी, बहादुरसिंह थापा, बुद्धिसागर चौधरी, भक्तबहादुर विश्वकर्मा, भरतबहादुर खड्का, यज्ञराज सुनुवार, रञ्जनाकुमारी सरदार र रञ्जना श्रेष्ठलायत हुनुहुन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ