काठमाडौँ, १७ माघ ।
उच्च माध्यामिक सङ्घ नेपाल (हिसान)ले आयोजना गरेको भलिबल प्रतियोगिता सुरु भएकोे छ ।
तेस्रो हिसान खेलकुद सप्ताहअन्तर्गत आजदेखि ऋत कलेज बसुन्धरामा भलिबल प्रतियोगिता सुरु भएको हो ।
खेलको उद्घाटन गर्दे हिसानका अध्यक्ष रमेश सिलवालले उच्च माध्यामिकस्तरमा खेलको विकास गर्न हिसानले विगत तीन वर्षदेखि खेलकुदको आयोजना गरिएको बताए । उनले खेलकुदलाई अन्तर्रा्ष्ट्रियस्तरमा फैलाउनका साथै राष्ट्रियस्तरका नयाँ खेलाडी उत्पादनमा यो कार्यक्रमले सहयोग पुग्ने बताएका छन् ।
प्रतियोगितामा मनकामना, हिमालय ह्वाइट हाउस, पेन्टागन, क्यापिटल एन्ड रिसर्च सेन्टर, टाइम्स इन्टरनेसनल, नेपाल मेघा, ऋत, नवोदित विद्या कुञ्जलगायत १४ उच्च माविको सहभागिता रहेको छ ।
प्रत्येक वर्ष खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको हिसानले यसवर्ष बास्केटबल, टेबलटेनिस, बुद्धिचाल, भलिबल, फुटसल, ब्याडमिन्टन, वकृत्वकलालगायतका कार्यक्रम आयोजना गरेको छ ।