काठमाण्डौ, माघ १७ ।
संसदको सार्वजनिक लेखा समितिको सभापतिमा माओवादी केन्द्रका सांसद डोरप्रसाद उपाध्याय निर्वाचित हुनुभएको छ ।
समितिको आज भएको निर्वाचनमा उहाँले २३ मत पाउँदा एमालेका उम्मेदवार पशुपति चौलागाईंले १६ मत प्राप्त गर्नुभयो ।
सत्तापक्ष राप्रपाले भने एमाले उम्मेदवार चौलागाईंलाई मत दिएको छ । माओवादी नेता जनार्दन शर्मा ऊर्जामन्त्री भएपछि सार्वजनिक लेखा समिति सभापति पद रिक्त थियो ।
कपिलवस्तुको गजेहडाका उपाध्याय माओवादीका समानुपातिक सांसद हुनुहुन्छ । उपाध्यायका प्रस्तावक कांग्रेस सांसद रामहरि खतिवडाले विश्वभरको प्रचलन लेखा समितिको नेतृत्व विपक्षी दलले नै गर्ने रहेको बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline