एमाले नेतृ निरु पाललाई पति शोक

एमाले नेतृ निरु पाललाई पति शोक

  • सोमवार, माघ १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाडौ , १७ माघ । नेकपा (एमाले)का बैकल्पिक केन्द्रीय सदस्य निरु पालका श्रीमान मोहन पालको आज बिहान निधन भएको छ ।

भीमदत्तनगरपालिका–१७ कञ्चनपुरका स्थायी बासिन्दा मोहनको आज बिहान ४५ वर्षको उमेरमा निधन भएको पालका छोरा लोकेश पालले जानकारी दिनुभयो ।

हिजो पेटसम्बन्धी समस्याका कारण उपचारका लागि महाकाली अञ्चल अस्पताल लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि रिफर गरी सेती अञ्चल अस्पतालमा लगिएको थियो ।

उहाँलाई थप उपचारका लागि आज बिहान काठमाडाँै ल्याउने तयारी हुँदाहुँदै सोही अस्पतालमानै निधन भएको हो । एमाले नेता पालको श्रीमती र दुई छोरा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ