काठमाडौं, माघ १७।
काठमाडौंको कुलेश्वरमा गएराति भएको भीषण आगलागीबाट २७ वटा पसलमा क्षती पुगेको छ । विधान महर्जनले सञ्चालन गरेको जस्ताको टहराको पसलबाट आगलागी सुरु भएको हो ।
मेसिनरी, मासु, फेन्सी, पर्दा, कार्पेट, भाँडा, रसायन लगायतका २७ वटा पसलमा आगलागि भएको हो ।
आगलागीबाट कति क्षति भयो भन्ने एकिन विवरण आइ नसके पनि लाखौं रुपैयाको धनमाल नोक्सानी भएको अनुमान गरिएको कालीमाटी प्रहरीले जनाएको छ ।
गएराति पौने ९ बजेबाट सुरु भएको आगो राति १० बजे बाट मात्र ६ वटा दमकल र खानेपानी ओसार्ने ट्याङ्करको सहायताबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
आगो के कारणले लाग्यो भन्ने अझै सम्म पनि खुल्न सकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline