वैदेशिक रोजगारीका लागि जानेहरुका लागि श्रम स्वीकृति अब अनलाइनबाटै

वैदेशिक रोजगारीका लागि जानेहरुका लागि श्रम स्वीकृति अब अनलाइनबाटै

  • सोमवार, माघ १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौ १७ माघ ।  

वैदेशिक रोजगारीमा जाने कामदारहरुले भोली देखि अनलाइनबाटै श्रम स्वीकृति लिन सक्ने भएका छन् । सबै श्रम इजाजतको आवेदन अनलाइनबाटै गर्न पाउने भएपछि लाइन बस्नु नपर्ने भएपछि सेवाग्राहीलाई राहत मिल्ने भएको छ ।

गत माघ ३ गतेदेखि सुरु गर्ने भनिए पनि प्राविधिक रूपमा तयारी पूरा नभएका कारण दुई सातापछि भोलीदेखि मात्र सुरु गर्न लागिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

श्रम स्वीकृति अनलाइनबाट गर्नका लागि सबै तयारी पूरा भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोविन्दमणि भुर्तेलले जानकारी दिनुभयो । विभागले गत पुस ३ गतेदेखि पूर्व श्रम स्वीकृति दिन सुरु गरिसकेको छ ।

वैदेशिक रोजगार व्यवसायी कम्पनीले पूर्व श्रम स्वीकृति लिने काम अनलाइनबाटै गर्दै आएका छन् । श्रम स्वीकृति अनलाइनबाट सुरु भएपछि श्रम इजाजतको प्रक्रियाका लागि कामदारलाई बारम्बार काठमाडौको तहाचलस्थित विभागको कार्यालयमा पुग्नुपर्ने छैन ।

श्रमका लागि उपत्यका र उपत्यकाबाहिरका जुनसुकै ठाउँबाट पनि अनलाइन आवेदन गर्न सकिनेछ । सबै प्रक्रिया टुङ्गिएपछि श्रम स्वीकृतिको स्टिकरका लागि मात्रै कामदारले पासपोर्ट लिएर विभागमा जानुपर्ने हुन्छ ।

यो प्रणाली कार्यान्वयनमा आएपछि कामदारलाई अहिले विभागमा हुने सास्ती घट्ने र दलालको ठगी नियन्त्रण हुने दाबी मन्त्रालयको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ