काठमान्डौ माघ १७ ।
झापामा जारी दोस्रो झापा गोल्डकप फुटबल प्रतियोगितामा आज एपीएफले हिमालयन शेर्पा क्लबको सामना गर्दै छ ।
प्रतियोगितामा जित आफ्नो पक्षमा पार्ने दाउका साथ मैदान उत्रने यी दुइ टोली विचको खेल डोमाललाल राजवंशी रंगशालामा दिउसो हुनेछ ।
यस अघि हिजो भएको खेलामा एनआरटी प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । एनआरटीले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनमा प्रवेश गरेको हो ।
प्रतियोगितामा सुदूरपश्चिम, रुपन्देही ११, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस क्लब, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एनआरटी र हिमालयन शेर्पा गरि १० टिमले सहभागीता जनाएका छन् ।
मोफसलकै सर्वाधिक पुरस्कार राशीको फुटबल उक्त प्रतियोगिता आगामी माघ २४ गते सम्म सञ्चालन हुने छ । प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले साढे ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।