महिला राष्ट्रिय भलिबलमाः एपिएफको विजयी शुरुवात

महिला राष्ट्रिय भलिबलमाः एपिएफको विजयी शुरुवात

  • आइतवार, माघ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

  काठमाडौँ, १६ माघ । सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएको छ ।

सशस्त्र प्रहरीको हलचोकस्थित भलिबल कोर्टमा आज भएको खेलमा एपिएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । सो खेलमा एपिएफले जाउलाखेललाई २५–२०, २५–९ र २५–१२ अङ्कले हराएको हो । उद्घाटन खेलमा एपिएफका हिरा केसी वुमन अफ द म्याच घोषित भइन् ।
लिगकम नकाउटका आधारमा सञ्चालन भएको सो प्रतियोगितामा एपिएफ, जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रका साथै न्यू डायमण्ड, नेपाल प्रहरी, पश्चिमाञ्चल विकास क्षेत्र र नेपाली सेनाको सहभागिता रहेको नेपाल भलिबल महासङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । माघ २० गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले रु दुई लाख ५० हजार, उपविजेताले रु एक लाख २५ हजार तथा तेस्रो हुने टिमले रु ५० हजार पुरस्कार प्राप्त गर्ने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी