काठमाण्डौं माघ १६ । अहिले राजनीतिको विवादको केन्द्र विन्दुमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रतिपक्षी दल एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री ओलीको बीचमा केन्द्रीत भएको महसुस गर्न थालिएका बेला बहालवाला मन्त्री प्रेम बहादुर सिंहले भने दुवै नेता मिलेर जानु पर्ने बताएका छन् ।
मैतीदेवी स्थित निजी निवासमा पुगेको मिर्मिरे प्रतिनिधिसगँ उहाले सरकारले अब तत्कालै निर्वाचनको घोषणा गरेर जाने पनि बताए ।
मन्त्री सिंह अघिल्लो पटक ओली सरकारको पालामा पनि खानेपानी तथा सरसफाई मन्त्री थिए भने अहिले पनि सोही मन्त्रालय सम्हालिरहेका छन् ।
प्रचण्ड र ओलीको ईगोको समस्या त हैन भन्ने हाम्रो प्रश्नमा उनले ईगो भन्दा पनि सविधान कार्यन्वयन गरेर जानु पर्ने भएकाले दुवै नेता एकै ठाउमा उभिनु जरुरी रहेकोमा उनले जोड दिए ।
हेर्नुस् मन्त्री सिंहसगँको छोटो कुराकानी :