प्रधानमन्त्रीद्वारा सहिदप्रति श्रद्धाञ्जलि, स्मारकमा माल्यार्पण

प्रधानमन्त्रीद्वारा सहिदप्रति श्रद्धाञ्जलि, स्मारकमा माल्यार्पण

  • आइतवार, माघ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौँ, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद सप्ताहको अन्तिम दिन आज लैनचौरमा रहेको सहिद स्मारकमा पुगी सहिदको शालिकमा फूलमाला अर्पण गर्दै सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्नु भएको छ ।

आइतबार बिहान शहिद स्मारकमा पुगेर शहिदहरुप्रति माल्यार्पण गर्नुभएको हो । माल्र्यापण कार्यक्रममा सभामूख ओनसरी घर्ति, मन्त्रीहरु, सांसदहरु, नेपाल सरकारका बिशिष्ट श्रेणीका कर्मचारीहरु, सुरक्षा अंगका उच्च पदस्थ अधिकृतहरु लगायतका बिशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

सोही अवसरमा नेपाली सेनाले सहिदको सम्झनामा एक मिनेट सम्मान गारक अर्पण गरेको थियो ।

काठमाडौँ महानगरपालिकाको आयोजनामा सहिद सप्ताहको अन्तिमा दिन आज रत्नपार्क शान्तिवाटिकाबाट प्रभातफेरीको आयोजना गरी सहिद स्मारक लैनचौर पुगी मूल समारोहमा परिणत भएको थियो ।

विसं २०१२ देखि काठमाडौँ महानगरपालिकाले ज्ञात–अज्ञात सहिदको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्मलाई सहिद सप्ताहका रूपमा मनाउँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ