ज्यान मार्ने धम्की दिदैं वाह्र वर्षीय वालिकाको करणी

ज्यान मार्ने धम्की दिदैं वाह्र वर्षीय वालिकाको करणी

  • आइतवार, माघ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

उदयपुर, १६ माघ । उदयपुर चिलाउने गाविस– ४ का १८ वर्षीय ताराबहादुर राउतलाई वाह्र वर्षीय वालिकालाई पटक पटक करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय एक विद्यालयको कक्षा– ४ मा अध्ययनरत् बालिकालाई बाटो छेकेर जङ्गलमा लगी करणी गर्ने गरेको खुलेपछि उनलाई पक्राउ गरेको प्रहरी चौकी सुकौराले जनाएको छ ।

विद्यालयबाट जङ्गलको बाटो भएर घर फर्कदै गर्दा गत माघ १० गते बेलुकी राउतले बालिकालाई पाखातिर लाँदै गरेको र बालिका चिच्याएको एक स्थानीयवासीले सुनेपछि उक्त घट्नाको तथ्य बाहिर आएको हो ।

बालिका डरले कामिरहेको र उक्त घट्नाबारे कसैलाई बताए राउतले पटक÷पटक ज्यान मार्ने धम्की दिदैं आएका कारण आफूले बाहिर अरुलाई भन्न नसकेको भएपनि विद्यालयकी शिक्षिका सीता तामाङलाई उक्त घटनाका सम्बन्धमा बालिकाले बताएकी प्रहरी चौकी सुकौराका प्रमुख राजकुमार खड्का बताउनुभयो ।

वालिकाको अभिभावक र विद्यालयकी शिक्षिकाको जाहेरीमा प्रहरीले राउतलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख उपरीक्षक नरबहादुर केसीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ