काठमाडौं, माघ १६ ।
पुराना कम्युनिष्ट नेता एवं नेकपा मसालका अध्यक्ष मोहनविक्रम सिंहको फोक्सोमा समस्या भए पछि अस्पताल भर्ना हुनु भएको छ ।
कम्युनिष्ट आन्दोलनको अग्रज नेता सिंह चार दिनदेखि टोखास्थित ग्राण्डी अस्पतालमा उपचार रत हुनुहुन्छ । ८१ वर्षीय सिंह फोक्सोमा पानी जमेको, सुगर लगायतका समस्याबाट पीडित हुनुहुन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले उहाँलाई आज विहान भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ । प्रधानमन्त्री दाहालले सिंहलाई भेटेर उपचारमा सरकारले आवश्यक सहयोग गर्ने बचन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
अहिले सिंहको स्वास्थ्यमा राम्रो सुधार देखिएको उहाँको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline