काठमान्डौ माघ १६।
पुराना सवारी साधनलाई कुनैपनि रुटमा चल्ने इजाजद नदिने सरकारको निर्णय प्रति बिभिन्न पार्टी तथा पार्टीसम्वद्ध मजदुर सङ्गठनहरुले बिरोध गरेका छन् ।
सरकारले आगामी फागुनदेखि २० वर्षे पुराना सवारी साधनलाई कुनैपनि रुटमा चल्ने इजाजत नदिने निर्णय गरेको थियो । उनीहरुले अहिलेको सरकारले मजदुरको हित विपरीत निर्णय गरेको भन्दै आपत्ति जनाएका हुन् ।
नेपाल राष्ट्रिय बोर्डिंग स्कुल भाडा बस व्यवसायी संघले शनिबार सातदोबाटोमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिकांश मजदुरहरुले सरकारको यस्तो निर्णयले सम्पूर्ण यातयात व्यवसायी मजदुरहरुको रोजीरोटी खोसिएको भन्दै त्यसो हुन् नदिन आफूहरु एकताबद्ध भएर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
नेपाल मातृभूमि राष्ट्रिय पार्टीका अध्यक्ष ओम प्रकाश विश्वकर्माले मजदुरहरुको हक हित रक्षाका निम्ति आफ्नो पार्टीले संघर्ष गर्ने बताउनु भएको छ । साथै उहाँले वर्तमान सरकार मजदुर मारा सरकार भएकाले यसले मजदुरको हक अधिकारका लागि केहि पनि गर्न नसक्ने टिप्पणी गर्नु भयो ।
उनीहरुले अहिलेको सरकार पूजीवादी सरकार भएको आरोप समेत लगाएका छन् । उनीहरुले अब यो व्यवस्थाले मजदुरको हित गर्न नसक्ने भन्दै आफूहरुले पुजीबादी ब्यबस्था भत्काएर नयाँ मजदुरमुखी ब्यबस्था स्थापना गर्ने बताएका छन् ।