काठमान्डौ माघ १६।
झापामा गएराती ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ सुन्दरदुलारी–६ की ३० वर्षीया लक्ष्मी चौधरी रहेकी छिन् ।
पूर्व पश्चिम राजमार्गमा को २ त ४३४६ नम्बरको ट्याक्टरलेसोही दिशाबाट आइरहेको १८ प ९३२९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार चौधरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका छविलाल चौधरी भने सकुशल रहेको र ठक्कर दिने ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline