त्रिशूलीमा फेरी ट्रक खस्यो, बेपत्ताको खोजी कार्य जारी

त्रिशूलीमा फेरी ट्रक खस्यो, बेपत्ताको खोजी कार्य जारी

  • आइतवार, माघ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

चितवन , १६ माघ ।
चितवनको दारेचोक गाविस–४ स्थित नाग्दी खोला नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खस्दा एकजना बेपत्ता भएका छन् ।

आज बिहान करिब ५ बजेको समयमा चामल बोकेर वीरगन्जबाट काठमाडौँ आउदै गरेको ना ५ ख ५६५४ नंको ट्रक अनियन्त्रित भई त्रिशूली नदीमा खसको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ट्रक सडकबाट करिब ७० मिटर तल त्रिशूली नदीमा पुगेको प्रहरीले जनाएको छ ।

चालक धादिङ खयरघारीका २० वर्षीय रामशरण वाग्लेको घाइते अवस्थामा उद्धार गरिएको र ट्रकमा सवार एकजना बेपत्ता भएको खुल्न आएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेको पहिचान नभएको जनाइएको छ । उनी लिफ्ट मागेर ट्रकमा चडेको खुल्न आएके प्रहरीले जनाएको छ ।
ट्रकमा अन्य मानिस कति थिए भन्ने नखुलेको र अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।

यसैबीच कुरिनटारमा आज बिहान अर्को ट्रक पल्टिँदा चालक सिन्धुपाल्चोकका २६ वर्षीय हरि बस्नेत र सहचालक सोही ठाउँका १८ वर्षीय नीरज भुजेल घाइते भएका छन् ।
वीरगन्जबाट काठमाडौँ आउदै गरेको ना६ख ४७२९ नंको मच्छड धुप बोकेको ट्रक चितवनको दारेचोक गाविस–३ कुरिनटारमा अनियन्त्रित भई ट्रक पल्टिएर २० फिट तल खसेको प्रहरीले जनाएको छ ।

दुवै घाइतेको अहिले भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ