काठमाडौं, माघ १६ ।
नेपाली आकाशमा रहस्यमय यान देखिएको अमेरिकी गुप्तचर संस्थाले दाबी गरेको छ । अमेरिकाको केन्द्रीय अनुसन्धान एजेन्सी (सीआइए) ले आफ्नो एक दस्तावेजमा यस्तो दाबी गरेको हो ।
हालै सार्वजनिक सो दस्तावेज अनुसार सन् सन् १९६८ मार्च २५ मा पोखरा नजिकै त्यस्तो यान देखा परेको हो । रातको समयमा देखिएको सो यान निकै चम्किलो रहेको बताइएको छ ।
त्यस्ता यान भारतको लद्दाख, सिक्किम लगायतका क्षेत्रमा पनि देखिएको र भुटानमा पनि रहस्यमय यान देखिएको दाबी गरिएको छ ।
सीआइए र अमेरिकी वायुसेनाले ‘अन आइडेन्टीफाइड फ्लाइङ्ग अब्जेक्ट’ (युएफओ) का बारेमा सन् १९५० देखि ६० को दशकमा निकै गम्भीर प्रतिवेदन बुझाएको थियो ।
यस्तै गुप्तचर संस्थाले नेपालमा कास्कीको बाल्टीचौर आसपास आकाशमा रातको समयमा ६ फिट आधार र ४ फिट उचाइको चम्किलो एउटा यान केहिवेर देखिएको बताएको छ ।
नेपाल, भारत, भुटान लयातका क्षेत्रमा फरक–फरक मिति र समयमा देखिएका यी यानबारे सीआइए कस्तो नतिजामा पुगेको छ भन्ने प्रष्ट भइसकेको छैन ।
दस्तावेजमा सन् १८६८ मा दक्षिण एसियाका भारत, नेपाल र भुटानमा गरी ६ पटक त्यस्ता यान देखिएको उल्लेख छ । सीआइएले हालै उक्त प्रतिवेदनसहित ९ लाख ३० हजार दस्तावेज अनलाइनमा प्रकाशित गरेको हो ।