काठमाडौँ, १६ माघ ।
आज देखि राष्ट्रव्यापी ‘तेस्रो हिसान खेलकुद सप्ताह–२०७३’ हुने भएको छ ।
प्रतियोगितामा क्रिकेट, बास्केटबल, फुटसल, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, बुद्घिचाल, कविता, वक्तृत्वकला र टङ अफ वार हुनेछ ।
उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)को आयोजनामा ‘पहिलो मित्रता अनि प्रतिस्पर्धा’ नाराका साथ सम्पन्न हुने सप्ताह हिमालयन ह्वाइटहाउस कलेज, तीनकुनेमा हुनेछ ।
विद्यार्थीको प्रतिभा पहिचान गरी उनीहरूको योग्यता र क्षमतालाई स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट प्रस्फुटनका लागि कार्यक्रम गरिएको हिसानका अध्यक्ष रमेश सिलवालले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline