आगामी बुधबार २५ मेगावट विद्युत केन्द्रिय प्रसारण लाइनमा थपिदै

आगामी बुधबार २५ मेगावट विद्युत केन्द्रिय प्रसारण लाइनमा थपिदै

  • आइतवार, माघ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, माघ १६ ।
केन्द्रीय प्रशारण लाइनमा आगामी बुधबारदेखि २५ मेगावाट बिजुली थपिने भएको छ । ढल्केबर–मुज्जफपुर अन्तरदेशीय प्रशारण लाइनको पूर्ण क्षमता प्रयोग गर्दा प्राविधिक समस्या आउने भएकाले नेपाल विद्युत् प्राधिकरणले भारतबाट सम्झौताभन्दा कम २५ मेगवाट बिजुली ल्याउन लागेको हो ।

यसअघि विद्युत् प्राधिकरण र भारतको नोडल एजेन्सी एनभिभिएन विद्युत् व्यापार कम्पनी लिमिटेडबीच अन्तरदेशीय प्रशारण लाइनबाट थप ८० मेगावाट बिजुली खरिद बिक्री सम्झौता पिपिए भएको थियो ।

गत पुस १७ देखि ४० मेगावाट र आगामी माघ १९ गतेदेखि ४० मेगावाट गरी ८० मेगावाट बिजुली ल्याउन सम्झौता भएको थियो । तर वुधबारदेखि २५ मेगावाट मात्र बिजुली थप हुने प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनु भयो ।

ढल्केबर–मुज्जफपुर अन्तर्देशीय प्रशारण लाइनको पूर्ण क्षमता अनुरूप ४० मेगावाट विद्युत आयात गरे बिजुली फल्क्युयेट भइरहने भएकाले प्राविधिक रूपमा समस्या आउन नलिन हाललाई सम्झौताभन्दा १५ मेगावाट कम कम हुने उनले स्पष्ट पारे ।

भारतबाट तीन सय ५५ मेगावाट बिजुली आयात भएकोमा बुधबारबाट २५ मेगावाट थपिएर तीन सय ८० मेगावाट पुग्ने छ । गत वर्ष तीन सय ४७ मेगावाटसम्म बिजुली आयात भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी