निङ्गलाशैनी र योङस्टारबीच उपाधि भिडन्त

निङ्गलाशैनी र योङस्टारबीच उपाधि भिडन्त

  • आइतवार, माघ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

बैतडी, १६ माघ ।
सहिद दशरथचन्द स्मृति यू–१९ आमन्त्रण क्रिकेट प्रतियोगिताको उपाधिका लागि निङ्गलाशैनी क्रिकेट क्लव (एनसिसी) र योङस्टार क्रिकेट क्लव, मेलौली भिड्ने भएका छन् ।

सेमिफाइनल खेलमा जगन्नाथ क्रिकेट क्लव थालिगाडालाई ५३ रनले हराउँदै निङ्गलाशैनी फाइनल प्रवेश गरेको हो । अर्को खेलमा कालाशैनी क्रिकेट क्लबलाई १३७ रनले पराजित गर्दै योङस्टारले फाइनलका लागि स्थान सुरक्षित गरेको हो ।

बुढाबाजे क्रिकेट मैदान रातामाटामा सम्पन्न खेलमा टस जितेर ब्याटिङ गर्दै निङ्गलाशैनीले ३२ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १७१ रन बनायो । विजयी लक्ष्य पछ्याउने क्रममा जगन्नाथले २४ दशमलव ४ ओभरमा ११८ रन मात्र बनाउन सक्यो । म्यान अफ द म्याच भएका निङ्गलाशैनीका ऋषिकेश बोहरा एक्लैले पाँच विकेट लिए ।

यस्तै निङ्गलाशैनी खेल मैदान देहिमाडांैमा सम्पन्न अर्को सेमिफाइनलमा टस जितेर ब्याटिङ गरेको योङस्टार क्रिकेट क्लवले निर्धारित ३५ ओभरमा ६ विकेटको क्षतिमा ३०७ रन बनायो । विजयी लक्ष्य पछ्याउने क्रममा कालाशैनीले १९ दशमलव २ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १७० रन बनायो ।
बलिङतर्फ योङ्स्टारका प्रकाश सिंहले चार तथा विपिन विष्टले दुई विकेट लिए । व्यक्तिगत १३७ रन बनाउनुका साथै चार विकेट लिएका योङस्टारका प्रकाश म्यान अफ द म्याच घोषित भए । फाइनल खेल भोली (आइतबार) हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी