काठमान्डौ माघ १६ ।
झापामा जारी दोस्रो झापा गोल्डकप फुटबल प्रतियोगितामा आज एनआरटी र विभागीय टोली नेपाल पुलिस क्लबविच प्रतिस्पर्धा हुदै छ ।
प्रतियोगितामा जित आफ्नो पक्षमा पार्ने दाउका साथ मैदान उत्रने यी दुइ टोली विचको खेल डोमाललाल राजवंशी रंगशालामा दिउसो हुनेछ ।
यस अघि हिजो भएको खेलामा आयोजक झापाले विजयी सुरुवात गरेको छ । आयोजक झापाले भारतको शेर फुटबल क्लब कालिम्पोङलाई ५ –० को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।
प्रतियोगितामा सुदूरपश्चिम, रुपन्देही ११, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस क्लब, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एनआरटी र हिमालयन शेर्पा गरि १० टिमले सहभागीता जनाएका छन् ।
मोफसलकै सर्वाधिक पुरस्कार राशीको फुटबल उक्त प्रतियोगिता आगामी माघ २४ गते सम्म सञ्चालन हुने छ । प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले साढे ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।