अहिले सम्मको सबै उपलव्धि शहीदको बलिदानीबाट मात्र संभव भएको हो : प्रचण्ड

अहिले सम्मको सबै उपलव्धि शहीदको बलिदानीबाट मात्र संभव भएको हो : प्रचण्ड

  • आइतवार, माघ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, १६ माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध बनाउन सहिदको सपना प्रेरणादायी हुने बताउनु भएको छ ।

सहिद दिवसका अवसरमा आज प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देश जारी गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नयाँ संबिधान कार्यान्वयनका लागी अग्रसर हुन सहिदहरूको सपना तथा योगदानले सधै मार्ग देखाउने बताउनु भयो ।

देशको स्वतन्त्रताको पक्षमा निरङ्कुशताविरुद्ध उभिएर विभिन्न आन्दोलन, जनआन्दोलनका समयमा आफ्नो जीवन बलिदान गर्नुहुने महान सहिदको योगदान सधंँै स्मरणीय रहने उल्लेख गर्नुभएको छ । “माघ १६ नेपाल र सबै नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु”–सन्देशमा उल्लेख छ ।

नेपाललाई वर्तमान अवस्थासम्म ल्याउन र हामीलाई अहिले प्राप्त स्वतन्त्रताको स्थापनामा सहिदहरूको योगदान उच्च रहेको बताउँदै प्रधानमन्त्री दाहालले राणाकाल सुरु हुनुपूर्वका विभिन्न आन्दोलन, सङ्घर्ष, राणाकालविरुद्धका चरणवद्ध आन्दोलन, २००७ सालको परिवर्तन, पहिलो र दोस्रो जनआन्दोलन, दश वर्षे जनयुद्ध, मधेस आन्दोलनलगायतका आन्दोलन, जनआन्दोलन तथा सङ्घर्षमार्फत नेपालले जेजति उपलब्धि प्राप्त गरेको छ, ती महान् सहिदहरूको सङ्घर्ष र बलिदानीबाट मात्र सम्भव भएको सन्देशमा उल्लेख गर्नुभएको छ ।

सन्देशमा प्रधानमन्त्री दाहालले राष्ट्रिय एकतालाई अझ सुदृढ र दरिलो बनाउने गरी उपयोग गर्न तथा यसमा सबै नेपालीहरूले अपनत्व महसुस गर्न आजको ऐतिहासिक दिनबाट शान्ति र विकाससहितको समुन्नत भविष्यका लागि सहकार्य गरी अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ