बाथमुटु रोगको सम्र्पूण उपचार निःशुल्क गर्ने सरकारको घोषणा

बाथमुटु रोगको सम्र्पूण उपचार निःशुल्क गर्ने सरकारको घोषणा

  • आइतवार, माघ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौँ, १५ माघ । सरकारले १५ वर्षदेखि ७५ वर्षसम्मका नागरिकको बाथमुटु रोगको सबै उपचार निःशुल्क गर्ने भएको छ ।

आज सहिद गङ्गालाल राष्ट्रिय हृृदय केन्द्रको २१औँ वार्षिकोत्सवको अवसर पारेर सरकारले मुटुरोगको उपचार सहज बनाउन यही फागुन १ गतेबाट सो उपचार निःशुल्क गर्ने घोषणा गरेको हो ।

नेपालमा युवामा मुटु रोगको समस्या बढ्दै गएको भन्दै सरकारले बाथ, मुटुरोगको उपचार, शल्यक्रिया, औषधिलगायत सम्पूर्ण सेवा सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जबाट निःशुल्क प्रदान गर्ने भएको छ । मुटुरोगीका लागि रु एक लाख, १५ वर्षमुनिका बालबालिका र ७५ वर्षमाथिका ज्येष्ठ नागरिकको मुटुको सम्पूर्ण उपचार पनि यसअघि निःशुल्क रुपमा गर्दै आएको छ ।

खानपान र फेरिएको जीवनशैलीसँगै मुटुका रोगीको सङ्ख्या नेपालमा बढ्दै गएकाले उपचारलाई सहज तथा उपचार सबै नागरिकको पहँुचमा पु¥याउन सो सुविधा थप गरेको स्वास्थ्यमन्त्री गगनकुमार थापाले बताउनुभयो । नेपालमा काम गरी आम्दानी गर्ने उमेर समुहका युवा तथा विदेशमा रोजगारीका लागि गएका युवामा मुटु रोगको समस्या बढ्दै गएको पाइएको चिकित्सक बताउँछन् ।

मुटु रोगको उपचार केन्द्रमात्र नभई राजधानी बाहिर पनि बिस्तार गर्ने योजना अनुसार यसैवर्ष नेपालगञ्ज र पोखराबाट उपचार सुरु गर्ने मन्त्री थापाले जानकारी दिनुभयो । सहिद गङ्गालाल श्रेष्ठको सम्मानमा उहाँको नाममा विसं २०५२ मा सुरु गरेको गङ्गालाल राष्ट्रिय हृृदय केन्द पूर्णरुपमा सरकारको आर्थिक सहयोगमा सञ्चालनमा छ ।

सुरुवातमा नौ शैययाबाट सञ्चालन गरिएको अस्पताल अहिले २०० शैयया पु¥याई बिरामीलाई उपचार गरिरहेको छ । चालु आर्थिक वर्षमा केन्द्रलाई १५ वर्षमुनिका बालबालिकार र ७५ वर्षमाथिका ज्येष्ठ नागरिकको निःशुल्क उपचारका लागि रु ११ करोड, बिना अप्रेशन मुटुको साँघुरिएको भल्व खोल्ने प्रविधि (पिटिएमसी)का लागि रु एक करोड ५० लाख, गरीब तथा असहाय बिरामीका लागि २०० वटा भल्व निःशुल्क गर्न रु एक करोड २० लाख सरकारले उपलब्ध गराएको केन्द्रका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा केन्द्रले विपन्न कार्यक्रमअन्तर्गत एक हजार ८४९ बिरामीको उपचार गरेको थियो सो वापत् सरकारले रु १७ करोड ९४ लाख ४९ हजार उपलब्ध गराएको थियो । स्थापनाकालदेखि हालसम्म केन्द्रले १२ लाख ९० हजार बिरामीको बहिरङ सेवामार्फत स्वास्थ्य परीक्षण गरेको छ । यसैगरी १८ हजार बिरामीको मुटुको शल्यक्रिया गरेको पनि केन्द्रले जनाएको छ ।

बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएकोले केन्द्रले बहिरङ र आकस्मिक सेवा प्रवाहका लागि ठाउँको अभाव भएपछि रु ४८ करोडको लागतमा बहिरङ र आकस्मिक सेवा प्रवाहका लागि सुविधासम्पन्न तीनतले भवन निमार्ण गर्दैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी