झापा गोल्डकपमा रमपम झापा एघारको विजयी सुरुवात

झापा गोल्डकपमा रमपम झापा एघारको विजयी सुरुवात

  • शनिबार, माघ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

बिर्तामोड, १६ माघ । आजदेखि सुरु भएको झापा गोल्डकपको उद्घाटन खेलमा आयोजक रमपम झापा ११ विजयी भएको छ । रमपमले भारतको शेर फुटवल क्लबलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो ।

झापा ११ का लागि सञ्जोग राईले खेल सुरु भएको चौथो मिनेटमै गोल गरेका थिए । यस्तै खेलको ३७औँ मिनेटमा बुद्ध चेम्जोङले दोस्रो गोल गरेका थिए । लगत्तै पुजन उपरकोटीले तेस्रो गोल गरे । यस्तै कप्तान कर्ण लिम्बूले चौथो तथा पिटर सेगुनले पाँचौँ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच सञ्जोग राई घोषित भए । उनले म्याक्स हाउजिङ प्रालिका तर्फबाट रु सात हजार पुरस्कार प्राप्त गरे ।

नकआउट चरणमा खेलाइने उक्त प्रतियोगितामा आयोजक रमपम झापा ११, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, न्युरोड टिम, हिमालयन शेर्पा क्लब, रुपन्देही ११ फुटबल क्लब, सुदूरपश्चिम फुटवल क्लब र भारतको शेर फुटबल क्लबको सहभागिता रहेको छ ।

आइतबार एनआरटी क्लब काठमाडौँ र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले रु सात लाख र उपविजेताले रु तीन लाख ५० हजारसहित ट्रफी पाउनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी