शहीद शब्दको अवमूल्यन भएकोमा चिन्ता

शहीद शब्दको अवमूल्यन भएकोमा चिन्ता

  • शनिबार, माघ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौँ, १५ माघ । स्रष्टाहरुले शहीद शब्दको अवमूल्यन भएकोमा चिन्ता व्यक्त गरेका छन् । अनुपम साहित्यिक प्रतिष्ठान, काठमाडौँको शनिबार सम्पन्न ५४ औँ सिर्जना वाचन कार्यक्रममा सम्पन्न भयो । कार्यक्रममा सहभागी साहित्यकारहरुले शहीदले देखाएको बाटोमा हिँड्न सकेमात्र उनीहरुको सपना साकार हुने बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ नरनाथ लुँइटेलले नेपाल र नेपालीको हितका लागि प्राण उत्सर्ग गर्ने वीर शहीदहरुको योगदानको कदर गर्न सबै नागरिक राष्ट्रनिर्माणमा अग्रसर हुनुपर्ने बताए । सीतापाइलास्थित नागार्जुन कम्युनिकेसनका सञ्चालक माधव अधिकारीले  नेपाली साहित्यलाई अनुवादका माध्यमबाट विश्वसाहित्यसँग प्रतिष्पर्धा गर्न योग्य बनाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा विभिन्न स्रष्टाले शहीदसम्बन्धी रचना वाचन गरेका थिए । प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम अधिकारीको सभापतित्वमा सम्पन्न समारोहमा सामाखुसी साहित्य समाजका अध्यक्ष भाग्यशाली अधिकारी, गोगंबु साहित्य समाजकी अध्यक्ष द्वारिका कुइँकेल, भुवनहरि सिग्देल, पुरुषोत्तम सिग्देल, हरि खनाल, दुर्गा रिमाल अधिकारी, जितु खड्का, जगदीश्वर पोखरेल, जनार्दन अधिकारी धड्कन, तारा केसी, बिनुबाबा घिमिरे लगायत ३५ जना स्रष्टाले आफ्ना सिर्जना वाचन गरेका थिए । २०६९ सालमा स्थापित अनुपम सिर्जना प्रतिष्ठा नेपालले नियमित रुपमा हरेक महिनाको तेस्रो शनिबार सिर्जना वाचन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी