विराटनगर, १५ माघ । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले निर्वाचन गर्न नचाहेको आरोप लगाउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले सोही कारण निर्वाचनसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारले आलटाल गरिरहेको आरोप लगाउनुभयो ।
सरकारले निर्वाचनको सम्बन्धमा सार्वजनिक प्रतिबद्धता जनाएको भएपनि उहाँले निर्वाचनसम्बन्धी दुईवटा विधेयक ल्याएको भनेर जनतालाई भ्रमित गर्न खोजेको धारणा प्रकट गर्नुभयो । पुनःसंरचना आयोगले बुझाएको प्रतिवेदनलाई कार्यान्वयन गर्नुपर्नेमा सो नगर्ने काम संविधानविपरीत भएको भन्दै उहाँले सरकारले जिम्मेवारी वहन नगरी निर्वाचनबाट भाग्न खोजेको आरोप लगाउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline