आहा रारा गोल्डकपको उपाधी मनाङ मस्र्याङ्दीलाई

आहा रारा गोल्डकपको उपाधी मनाङ मस्र्याङ्दीलाई

  • शनिबार, माघ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

पोखरा, १५ माघ । पन्ध्रौँ आहा रारा गोल्ड कपको उपाधि लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबले जितेको छ ।

पोखरा रङ्गशालामा मनाङ मस्र्याङ्दी क्लब र आयोजक सहारा क्लबबीच आज भएको फाइनल खेलमा मनाङले सहारा क्लबलाई १–० गोलअन्तरले  पराजित गर्दै यस वर्षको रारा गोल्ड कप फुटबल प्रतियोगिताको विजेता बनेको हो ।

मनाङ मस्र्याङ्दीका लागि निर्णायक गोल खेलको ७०औँ मिनेटमा कमल श्रेष्ठले गरेका थिए । उपाधिसँगै मनाङ मस्र्याङ्दीले रु पाँच लाख एक हजार एक तथा उपविजेता सहाराले रु दुई लाख ५१ हजार एक, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्का, सांसद रवीन्द्र अधिकारी, क्षेत्रीय प्रशासक खगराज बराललगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सहारा क्लबका  सुजित गुरुङले एक थान हिरो कम्पनीको स्कुटर प्राप्त गरेका छन् ।

उत्कृष्ट गोलकिपर सहाराकै सुजित गुरुङ, डिफेन्सर  मनाङका कमल श्रेष्ठ, मिडफिल्डर मनाङकै सुजल श्रेष्ठ, स्ट्राइकर सहाराका शिव सुवेदी तथा सहाराकै किरण श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भई जनही रु १५ हजार पुरस्कार प्राप्त गरे । टिकट काटेर प्रतियोगिता अवलोकन गर्ने पोखरा रामबजारका सङ्गीता रानालाई एक तोला सुनको सिक्का तथा सबैभन्दा बढी गोल गर्ने झापा–११ का कर्ण  लिम्बूलाई रु २५ हजार प्रदान गरिएको थियो ।

सहारा क्लब पोखराको आयोजनामा गत माघ ४ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा अमेरिकाको एएनए फुटबल क्लब, भारतको युनाइटेड सिक्किम फुटबल क्लब, बङ्गलादेशको फारसगन्ज एससी टिमलगायत १२ टिमको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी