बझाङ, माघ १५।
बझाङको काप्डेमा आज बिहान भएको जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।
मृत्यु हुनेमा रिलु–८ का ४५ का लालबहादुर बोहरा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
सदरमुकाम चैनपुरबाट तल्कोटका लागि छुटेको से १ ज ५६२ नम्बरको जीप जयपृथ्वी नगरपालिका–६ काप्डेको पुल नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएकाहरुको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
जीपको ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline