झापा गोल्डकप फुटबल आजदेखि विर्तामोडमा

झापा गोल्डकप फुटबल आजदेखि विर्तामोडमा

  • शनिबार, माघ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, माघ १५ ।
मोफसलकै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता झापा गोल्डकप आजदेखि विर्तामोडमा सुरु हुँदैछ ।
डोमालाल रंगशालामा हुने उद्घाटन खेलमा आज घरेलु टोली झापा ११ र शेर फुटबल क्लब भारत भिड्नेछन् । उपाधि विजेताले ७ लाख र उपविजेताले साढे ३ लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ ।
माघ २४ गतेसम्म चल्ने प्रतियोगितामा सुदूरपश्चिम, रुपन्देही ११, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस क्लब, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एनआरटी र हिमालयन शेर्पा गरि १० टिम सहभागी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी