‘बोधिपथदर्पण’ को नेपाली संस्करण बजारमा

‘बोधिपथदर्पण’ को नेपाली संस्करण बजारमा

  • शनिबार, माघ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौँ, १५ माघ । नेपालीमा अनुवाद गरिएको बौद्ध साहित्यको दुर्लभ कृति ‘बोधिपथदर्पण’ बजारमा आएको छ ।

तिब्बतको भोट भाषामा सङ्ग्रह गरिएको प्राचीन कृतिको नेपाली संकरण बौद्धनाथ क्षेत्र विकास समितिले भूकम्पपछि क्षतिग्रस्त भएको सौ चैत्य जीर्णोद्वार सम्पन्न गरेको अवसर पारेर प्रकाशन गरिएको हो ।
उक्त प्राचीन कृतिलाई बौद्ध विद्वान् टीका शेर्पाले नेपालीमा अनुवाद गर्नुभएको हो । समग्र बुद्ध उपदेशका सार संक्षेपका रुपमा ल्याइएको उक्त पुस्तकमा नैतिकता तथा सत्मार्गमा लाग्न प्रेरणा दिइएको छ ।
शाक्यमुनि बुद्धले बोधसत्व प्राप्त गरेपछि समाजमा प्रचार गरेका धर्म तथा उपदेशको सारांशलाई मृतिमा समेटिएको बताउँदै बौद्ध दर्शनमा ध्यानको महत्वलाई कृतिमा देखाउन खोजिएको
अन्तर्राष्ट्रिय धर्मगुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेले पुस्तकको विमोचन गर्दै बुद्धको लोककल्याणकारी उपदेशलाई सर्वसाधारणसम्म पु¥याउन सकेमा समाजमा शान्ति तथा भ्रातृत्व कायम हुने बताउनुभयो ।

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले बौद्ध धर्म, संस्कृति, र दर्शनको प्रवद्र्धन गर्ने उद्देश्यले सो कृति प्रकाशन गरेको जानकारी दिँदै पछिल्लो समयमा विश्वमा बढ्दै गएको अशान्ति तथा हिंसालाई न्यूनीकरण गर्न बौद्ध साहित्य तथा मार्गदर्शनलाई व्यवहारमा उतार्न जरुरी रहेको विचार व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी