पोखरा, १५ माघ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय साहित्य महोत्सवमा छैटौँ संस्करणको ‘लिटरेचर फेस्टिभल’ पोखराको फेवाताल किनारास्थित नेपाल पर्यटन बोर्ड परिसरमा जारी छ ।
फेस्टिभलमा आज बिभिन्न बिषयमाथि छलफल हनेछ । ४० वटा सत्रमा सयभन्दा बढी साहित्यकार, लेखक, राजनीतिज्ञ, समाजशास्त्री, कलाकर्मी र विश्लेषकले विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
बुकोरम फाउन्डेसन र रेन्डम रिडर्स सोसाइटीद्वारा आयोजित सो महोत्सवमा साहित्य, कला, सिनेमा, समाज, संस्कृति र राजनीतिसँग जोडिएका विभिन्न सत्र, पुस्तक विमोचन तथा साङ्गीतिक प्रस्तुति गरिने कार्यक्रम रहेको छ ।
कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापा, व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारी, साहित्यकार वैरागी काइँला, धु्रवचन्द्र गौतम, खगेन्द्र सङ्ग्रौला, नारायण ढकाल, नयनराज पाण्डे, चैतन्य मिश्र, सुधीर शर्मा, वरिष्ठ पत्रकार हरिहर विरहीको उपस्थितति छ । यस्तै नारायण वाग्ले तथा वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सहभागी हुने आयोजकले जनाएको छ ।
साथै, भारतका प्रसिद्ध साहित्यकार एवम् लेखक रामचन्द्र गुहा, दुर्जदत्त र उदय प्रकाश, भुटानका नाम्गे जाम, साहित्यकार पनि सम्मेलनमा सहभागी छन् ।
साहित्यले वर्तमानमा चेतनाको वृद्धि गर्दै महत्वपूर्ण ऊर्जा र भविष्यको बाटो देखाउने हुँदा लेखक र समालोचकले परम्परादेखि वर्तमानसम्मको व्याख्या गर्नुपर्नेमा उहाँको जोड थियो ।