भक्तपुर, १५ माघ ।
कला र संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यलेनगरकोटको शान्तिडाँडामा सुरु नगरकोट उत्सव आज दोस्रो दिन पनि जारी छ ।
‘प्राकृतिक सम्पदा कला, संस्कृति, सामूहिक एकता र पर्यापर्यटनको विकास नगरकोटको उन्नती’ भन्ने नाराका साथ सुरु भएको उत्सव आईतवार सम्म जारी रहनेछ ।
उत्सवमा नगरकोटको पहिचान झल्कने स्थानीय भेषभूषा, खानाका परिकार, कृषि, शैक्षिक तथा औद्योगिक प्रदर्शनीको आयोजना गरिएको छ ।
शान्ति उद्यान संरक्षण तथा व्यवस्थापन समितिको आयोजना तथा जिबिस भक्तपुर र नगरकोट नगरपालिकाको सह–आयोजनामा सञ्चालित उत्सवमा पर्यटकीय स्थल नगरकोटको पहिचान झल्कने ५० स्टल रहेको आयोजक समितिका अध्यक्ष धनबहादुर लामाले जानकारी दिनुभयो ।
उत्सवको उद्घाटन कार्यक्रममा भूमि सुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले उक्त स्थानमा रु एक करोड ५० लाखको लागतमा निर्माण भएको बुद्धमूर्ति अनावरण र नगरकोट शान्ति बाटिकाको शुभारम्भ गर्नुभक्एो थियो ।
नगरकोटको शान्ति डाँडामा ८० रोपनी क्षेत्रफलमा फैलिएको शान्ति बाटिका निर्माण, उद्यान, भ्यु टावर, ध्यान तथा योग केन्द्र र पिकनिक स्पोर्टलगायतका भौतिक संरचना निर्माणका लागि २६ करोडको गुरुयोजना बनाई पूर्वाधार विकासको कार्य भइरहेको संयोजक लामाले जानकारी दिनुभयो ।