आहा रारा गोल्डकपको उपाधिका लागि मनाङ र सहारा भिड्दै

आहा रारा गोल्डकपको उपाधिका लागि मनाङ र सहारा भिड्दै

  • शनिबार, माघ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

पोखरा, १५ माघ । पोखरामा जारी १५ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज लक्ष्मी हुन्डाई मनाङमस्र्याङ्दी र आयोजक सहारा क्लब भिड्दै छन् ।

तेस्रो पटक फाईनलमा पुगेको सहारा र द्धार पटकको विजेता मनाङबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।
यी दुई टोलीबीचको उपाधि भिडन्त पोखरा रगंगशालामा दिउँसो साढे २ बजे सुरु हुनेछ ।

सहारा र मनाङ पोखरामा सातौपटक आमने सामने हुन लागेका हुन् । जसमा चारपटक सहारा पराजित भएको छ ।

मनाङ सङ्कटा क्लबलाई १ – ० ले पराजित गर्दै फाईनलमा पुगेको हो भने सहराले नेपाली सेनालाई ट्राईब्रेकरमा ४ – ३ ले हराउर्दै मनाङसँगको भेट पक्का गरेको हो ।

गत माघ ४ गतेदेखि पोखरा रङ्गशालामा जारी प्रतियोगितामा अमेरिकाको एएनए युएसए फुटबल टिम, बङ्लादेशको फरासगन्ज एससी र भारतको युनाइटेड सिक्किम फुटबल क्लबसहित १२ टिमको सहभागिता थियो ।

विजेता टिमले रु पाँच लाख एक हजार एक र उपविजेता टिमले दुई लाख ५१ हजार एक, कप, मेडल र प्रमाणपत्र पाउने छन् ।

त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई एक थान स्कुटर, प्रतियोगिता अवधिभर टिकट काटी अवलोकन गर्ने दर्शकमध्ये एकजनालाई गोलाप्रथाद्वारा एक तोला सुनको सिक्का प्रदान गरिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी