दाङ, माघ १४ ।
राष्ट्रपति विद्यादेवी भण्डारी चढेको हेलिकोप्टर आज दाङको भालुवाङमा आकस्मिक अवतरण गरिएको छ ।
कैलालीको धनगढीका लागि उडेको राष्ट्रपति भण्डारी चढेको हेलिकोप्टर मौसम खराबीको कारण दाङको भालुवाङमा अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सोही हेलिकोप्टरमा नेकपा एमालेका नेता भीम रावल पनि सवार हुनुहुन्थ्यो । मौसम सफा हुनेबित्तिकै उहाँहरु धनगढीतर्फ लाग्ने बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline