मामालाई भाडामा ठग्ने भान्जासँग प्रहरीले पैसा फिर्ता गरायो

मामालाई भाडामा ठग्ने भान्जासँग प्रहरीले पैसा फिर्ता गरायो

  • शुक्रबार, माघ १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

सोलुखुम्बु , १४ माघ ।

सोलुखुम्बुमा नयाँ भाडादर लागु नगराई पुरानै भाडादर लिएपछि प्रहरीले यातायात व्यावसायीलाई बोलाएर बढी पैसा फिर्ता गराएको छ ।

गत माघ ५ गतेबाट यातायातको नयाँ भाडादर कायम भए पनि सोलुखुम्बुका यातायात व्यवसायीबाट यसको उल्लङ्घन गरी व्यवसायीले अझै यात्रुबाट बढी भाडा असुल्ने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय र विभिन्न यातायात व्यवसायीबीच भएको सहमतिमोजिम जिल्लाका विभिन्न स्थानमा सञ्चालन हुने यातायात सेवाका लागि नयाँ भाडादर कायम गरिएको थियो ।

तर बिहीबार मात्रै दूधकुण्ड यातायात, सोलु एक्सप्रेस तथा सिटी भिलेजमा सवार १० यात्रुबाट बढी भाडादर लिएको पाइएपछि बढी भाडा फिर्ता गराइएको सोलुखुम्बु अस्थायी ट्राफिक प्रहरी पोष्टका इन्चार्ज भेषबहादुर थापाले जानकारी दिनुभयो ।

भाडा फिर्ता हुनेमध्येका देउसा–१ सोलुखुम्बुका निसन राई पनि एक यात्रु हुनुुहुन्छ, उहाँले देउसाको दिप्लीघाटबाट काठमाडौँका लागि सिटीभिलेज यातायातमा टिकट लिनुभयो, नयाँ निर्धारण गरिएको भाडादर अनुसार रु एक हजार ९५० तिर्नुपर्नेमा उहाले रु दुई हजार नै तिर्न बाध्य हुनुभयो । राईले काउन्टरवालासँग भाडा समायोजन भएको कुरा दर्साउँदा उल्टै काउन्टरवाला कुमारसिं राईले रु दुई हजार नै रहेको बताएपछि आफूले पनि तिर्न परेको उनको भनाई छ ।

यस्तै नेलेबाट कटारीसम्मका लागि रु एक हजार १५० भाडादर निर्धारण गरिएको छ । तर अर्जुन बस्नेतले सोही स्थानको यात्राका लागि रु एक हजार ४०० भाडा तिरेका छन् ।
जब ट्राफिक प्रहरीको जाँचपछि रकम फिर्ता गर्यो तबमात्र बस्नेतले आफ्नै भान्जाबाट ठगिएको थाहा पाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी