मिरा राई साहसी वर्ष व्यक्ति घोषित

मिरा राई साहसी वर्ष व्यक्ति घोषित

  • शुक्रबार, माघ १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमान्डौ माघ १४।
नेपालकी अट्रा धाविका मीरा राई ‘साहसी वर्ष व्यक्ति’ घोषित भएकी छिन् । नेशनल जोग्राफीकले राईलाई एड्भेन्चर अफ दि इयर २०१७ घोषणा गरेको हो ।

उक्त अवार्डका लागि विश्वभरका साहसी खेलसँग आवद्ध मध्ये १० जना मनोनयनमा परेका थिए । नेसनल जियोग्राफिकले सार्वजनिक गरेको प्रतिस्पर्धाको नतिजामा मिरा राईले १० जनालाई पछि पार्दै सर्वाधिक मत प्राप्त गरेकी हुन् ।

प्रतिस्पर्धामा साहसिक खेल, अन्वेषण , संरक्षण र मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिको नाम छनौट गरिन्छ । छनौटमा परेका मध्ये नेसनल जियोग्राफिकको वेबसाईट मार्फत मतदान गर्ने व्यवस्था गरिएको थियो ।

भोजपुरकी २७ वर्षीया मीराले दुई बर्षदेखि अल्ट्रा रनरको रुपमा राष्ट्रिय अन्तर्रा्ष्ट्रिय प्रतियोगिताहरुमा निक्कै सफलता पाएकी छिन् । पुर्व माओवादी लडाकु समेत रहेकी राई सेना समायोजनका क्रममा अयोग्य ठहरिएकि थिईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी