आज उपत्यका सहित मुलुकका विभिन्न स्थानमा दिन पानी पर्ने

आज उपत्यका सहित मुलुकका विभिन्न स्थानमा दिन पानी पर्ने

  • शुक्रबार, माघ १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, माघ १४।
काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा अहिले पानी परिरहेको छ । उपत्यकामा अहिले हल्का वर्षा भैरहेको छ भने दिउँसोपख केही ठाउँमा जमिन भिज्ने गरी वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

मौसमविदका अनुसार अहिले पश्चिम र सुदूरपश्चिमका धेरैजसो ठाउँमा पानी परिरहेको छ । पूर्वमा पनि आज पानी पर्नेछ । यस्तै हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ ।

मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, जिरीलगायत क्षेत्रमा हिमपात भएको मौसमविद विभूती पोखरेलले बताउनुभयो । जल तथा मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्क अनुसार धनगढीमा ७ मिलिमिटर, डडेल्धुरामा ६ मिलिमिटर, दिपायलमा ५ मिलिमिटर, वीरेन्द्रनगर र जुम्लामा २२ मिलिमिटर, पानी परेको छ ।

यस्तै नेपालगञ्जमा १ मिलिमिटर, दाङमा शून्य दशमलव ३ मिलिमिटर पानी परेको छ । पोखरा लगायत आसपासका क्षेत्रमा पनि अहिले पानी परिरहेको छ ।

आज पानी परेपनि भोलीदेखि भने मौसम सफा रहने मौसमविद्हरुले बताएका छन् । पश्चिमी वायू नेपालबाट फर्किने क्रममा रहेकाले भोलिदेखि मौसम सफा हुने महाशाखाले जनाएको छ ।

मध्य र पश्चिमी क्षेत्रमा प्रभाव पारेको पश्चिमी वायु बिस्तारै पूर्वतर्फ सरिरहेको मौसमविद् पोखरेलले बताउनुभयो । देशभरकै मौसम बद्ली भई धेरै ठाउँमा पानी परिरहे पनि चिसो भने नबढ्ने मौसमविद्ले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ