प्रहरी र सरकारी वकिलको राष्ट्रिय सम्मेलन आजदेखि राजधानीमा

प्रहरी र सरकारी वकिलको राष्ट्रिय सम्मेलन आजदेखि राजधानीमा

  • शुक्रबार, माघ १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, माघ १४।
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तीनदिने राष्ट्रिय सम्मेलन आज देखि काठमाडौंमा सुरु हुँदैछ ।

राजधानीको राष्ट्रिय सभागृहमा हुने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा ५ सय ३५ जना सहभागी हुने बताइएको छ ।

प्रहरी र सरकारी वकिलबिच समन्वय र सहकार्य अघि बढाउनका लागि सम्मेलन आयोजना गरिएको महान्यायाधीवक्ता कार्यालयका अधिकृत निराजन पाण्डेले जानकारी दिनुभयो ।

सम्मेलनमा फौजदारी मुद्धाका अनुसन्धानका क्रममा प्रहरी र वकिलबिच हुने असमझदारी, अन्योल, समस्या र अप्ठेरालाई कम गर्ने विषयमा छलफल हुने छ ।

यस्तै अपराधमा आएको नयाँ रुप, संगठित अपराध, उच्च प्रविधिको प्रयोग तथा अन्तर्रा्ष्ट्रियकरण जस्ता प्रवृत्ति र यसबाट आउने समस्याको निराकरणका लागि सम्मेलनमा कार्यपत्र प्रस्तुतीकरण, तथा त्यसमाथि टिप्पणी र छलफल हुनेछ ।

पर्सी आइतबार सम्म चल्ने सम्मेलनले पारित गर्ने प्रस्ताव तथा अवधारणाले भावि अनुसन्धानलाई दिशाबोध गर्ने महान्यायाधिवक्ता कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ