सिटी मेट्रो कम्पनीको ठूला बस आजदेखि राजधानीमा सञ्चालनमा आउदै

सिटी मेट्रो कम्पनीको ठूला बस आजदेखि राजधानीमा सञ्चालनमा आउदै

  • शुक्रबार, माघ १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काडमाडौं १४ माघ।
सिटी मेट्रो कम्पनीले आज देखि राजधानीमा १५ वटा ठूला बस सञ्चालनमा ल्याउदै छ । ४० सिट क्षमताको यी बस सबै अपांगमैत्री रहेको कम्पनीका अध्यक्ष हेमेन्द्र शेरचनले जानकारी दिनु भयो ।

उक्त बस सबै वनस्थलीबाट छुटने बताइएको छ । त्यसपछि नारायणगोपालचोक, बालुवाटार, पुतलीसडक, माइतिघर, बानेश्वर, कोटेश्वर, पेप्सीकोला हुँदै काँडाघारीसम्म पुग्नेछ । यी बस सोही रुट हुँदै फर्किने बताइएको छ ।

यसले वनस्थलीबाट बानेश्वर आउनेहरुलाई दुईवटा बस फेर्नुपर्ने झन्झट र दोहोरो खर्च बेहोर्नुपर्ने बाध्यता अन्त्य हुनेछ । कम्पनीका बसहरु अपांगमैत्री भएकाले ह्वील चियरसहित यत्रा गर्न सकिने छ ।

कम्पनीले अबको ५ महिनापछि थप १५ नयाँ बस ल्याउने बताएको छ । अध्यक्ष शेरचनले ५ वर्ष्भित्र कम्पनीले सय वटा बस थप्ने बताउनु भयो ।

साझा यातायातासँगै अन्य यातायात ब्यवसायीहरुले रिंरोडसहितका भित्रि रुटहरुमा पनि ठूला बस चलाउन सुरु गर्ने क्रम तीव्र बनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ