एजेन्सी, माघ १४।
बार्सिलोना ‘कोपा डेल रे’ को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ५–२ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
पहिलो हाफसम्म १ गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा चार गोल गरेको थियो । पहिलो हाफको १७ औं मिनेटमा डेनिस स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।
डेनिस स्वारेजले नै ८२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । खेलको ५५ औं मिनेटमा बार्सिलोनाले पाएको पेनाल्टी मार्फत मेस्सीले गोल गरे ।
त्यस्तै बार्सिलोनाका लागि लुइस स्वारेज र तुरानले पनि एक एक गोल गरेका थिए । रियल सोसिडाडका लागि युनमी र डा सिल्भाले एक एक गोल गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline