विधेयकमाथिको संशोधन अध्ययन गर्न उपसमिति गठन

विधेयकमाथिको संशोधन अध्ययन गर्न उपसमिति गठन

  • बिहिबार, माघ १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

  काठमाडौँ, १३ माघ । संसद्मा प्रस्तुत भएको ‘सामाजिक सुरक्षा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयक–२०७२’ मा परेको संशोधनका सम्बन्धमा अध्ययन गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको छ ।

आज बसेको समितिको बैठकले सो विधेयकमाथि परेका ३३१ वटा संशोधनको अध्ययन गरी छिट्टै समितिमा प्रतिवेदन पेस गर्ने निर्णय गरेको छ ।
बैठकमा संशोधन दर्ता गराउने सांसदहरुले आफ्नो भनाइ राख्दै विधेयकका कमजोरी सच्याउनुपर्नेमा जोड दिनुभयो । सांसद पेम्बा लामाले यो विधेयक विशुद्ध रुपमा योगदानमा आधारित विधेयकका रुपमा लैजानुपर्ने र अन्य सामाजिक संरक्षणका लागि छुट्टै विधेयक ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सांसद विनोद श्रेष्ठले सामाजिक सुरक्षा विधेयक र श्रम विधेयक एकैसाथ प्रस्तुत गरिनुपर्ने बताउनुभयो । सांसद प्रेम सुवालले सामाजिक सुरक्षा कोषमार्फत शिक्षाका लागि रकम दिँदा सरकारी वा सार्वजनिक विद्यालयका विद्यार्थीले मात्रै सो रकम पाउने शब्द थपिनुपर्ने बताउनुभयो ।

यसअघि गत माघ ७ गते बसको समितिको बैठकले संसद्मा प्रस्तुत भएको ‘श्रमसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७२’ माथि परेका ५६० वटा संशोधनमाथि अध्ययन गर्नसमेत सभापति साहकै संयोजकत्वमा उपसमिति गठन गरिएको थियो ।

सोही समितिले नै सामाजिक सुरक्षा विधेयकका समेत अध्ययन गर्ने भएको हो । समितिका सदस्यमा पुस्कर आचार्य, भरत खड्का, चूडामणि जङ्गली, प्रभादेवी बज्राचार्य, अशोककुमार मण्डल र राधादेवी तिमिल्सिनालगायत हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ