सरकारलाई तीनै तहको निर्वाचन मिति एकै पटक घोषणा गर्न माग

सरकारलाई तीनै तहको निर्वाचन मिति एकै पटक घोषणा गर्न माग

  • बिहिबार, माघ १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाण्डौ,  १३ माघ । नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले सरकारलाई तीनै तहको निर्वाचन मिति एकै पटक घोषणा गर्न माग गर्नुभएको छ ।

अनेरास्ववियु केन्द्रीय खेलकुद विभागको आयोजनामा सहिद दिवसका अवसरमा ‘उपत्यकास्तरीय अन्तरकलेज फुटसल प्रतियोगिता’को आज उद्घाटन गदै उहाँले निर्वाचन गर्न कानुनी आधार तयार भइसकेकाले केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचनको मिति एकै पटक घोषणा गर्न आग्रह गर्नुभयो ।

‘‘निर्वाचन गर्नका लागि मतदाता नामावली विधेयक र निर्वाचन आयोग विधेयक पारित भइसकेको छ’’उहाँले भन्नुभयो,‘‘अब चाँडै निर्वाचनको घोषणा गरी देशलाई निकास दिनुपर्दछ ।’’

प्रतियोगितामा काठमाडौँ उपत्यकाका २२ कलेजको सहभागिता रहेको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले जानकारी गराउनुभयो । प्रतियोगिता शुक्रबारसम्म चल्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ