भारतको गणतन्त्र दिवसमा नेपाललाई २० एम्बुलेन्स र ४ बस उपहार दियो

भारतको गणतन्त्र दिवसमा नेपाललाई २० एम्बुलेन्स र ४ बस उपहार दियो

  • बिहिबार, माघ १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, माघ १३ । भारतले आफ्नो ६८ औं गणतन्त्र दिवसका अवसरमा आज नेपाललाई २० वटा एम्बुलेन्स र ४ वटा बस उपहार दिएको छ ।

गणतन्त्र दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूतावासले आयोजना गरेको कार्यक्रममा भारत सरकारले नेपालका विभिन्न जिल्लाका अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई २० वटा एम्बुलेन्स र ४ वटा बस उपहार प्रदान गरेको छ ।

त्यसैगरी विभिन्न पुस्तकालयलाई पुस्तकसमेत प्रदान गरेको छ । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रणजीत रायले भारतको झण्डा फहराई भारतका राष्ट्रपति प्रणव मुखर्जीले गणतन्त्र दिवसका अवसरमा दिएको सन्देश पढेर सुनाउनु भएको थियो ।

भारतीय राष्ट्रपति मुखर्जीले दिएको सन्देशमा भारत र नेपालका जनताको आपसी मित्रता अझ बलियो हुने विश्वास व्यक्त गर्दै नेपालमा दीगो शान्ति, स्थायित्वमा जोड दिनुभएको छ ।

कार्यक्रममा भारतीय सेनाका स्वर्गिय भूपू सैनिकका श्रीमती तथा शारीरिक रुपले अशक्त भूपू सैनिकलाई आर्थिक सहयोगसमेत गरिएको थियो ।

भारतले हालसम्म नेपालका ७३ जिल्लाका विभिन्न संघसंस्थालाई ६ सय २ वटा एम्बुलेन्स, १ सय १८ वटा बस प्रदान गरिसकेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ