सरकारले किसान पेन्सन कार्डको तयारी गरीरहेको राज्य मन्त्री तामाङको भनाई

सरकारले किसान पेन्सन कार्डको तयारी गरीरहेको राज्य मन्त्री तामाङको भनाई

  • बिहिबार, माघ १३, २०७३
  • रुद्र खड्का

  • 6K
    SHARES

सिन्धुली, १३ माघ । कृषि विकास राज्य मन्त्रि राधिका तामाङले अवको एक हप्तामा किसान आयोगले पुर्णता पाउने हो ।
पत्रकार भेटघाट कार्यक्रममा मन्त्रि तामाङले किसानलाई पेन्सन दिने आधारहरु मन्त्रालयले बनाउन लागेको समेत जानकारी दिनुभयो ।
मन्त्रालयले किसानलाई पेन्सन दिने निति अघि ल्यएसंगै जग्गा धनीलाई पेन्सन दिन लागेको भनेर गलत प्रचार गरिएको आरोप लगाउनुभयो । जग्गाका आधारमा भन्दा पनि विगत देखी नियमित कृषि कर्म गर्दै आएका किसानलाई अव पेन्सन दिइृने उहाको भनाई छ ।
जग्गाको क्षेत्रफल भन्दा उत्पादनका आधारमा किसानलाई पेन्सन दिनु पर्ने आवाज उठेकाले अझै पनि मन्त्रालयले सम्बन्धित निकय, विज्ञहरुसंग छलफल गरिरको उहाँको भनाई थियो ।
सरकारले भुकम्प पिडितलाई कार्ड वितरण गरिएको जसरी किसान पेन्सन नदिईने दावी गर्दै मन्त्रि तामाङले साना, ठुला र मझौला कृषि उद्यमीहरुलाई ७५ वटै जिल्लाका पछाडी परेको गाविसका किसानबाट पेन्सनको सुरुवात गरिने बताउनुभयो ।
८० प्रतिशत जनता किसान भनेर भन्दैमा मन्त्रालयले सवैलाई पेन्सन नदिई वर्गिकरणका आधारमा पेन्सनको सुरुवात गरिने बताउनुभयो । साथै उहाँले नेपाल कृषि प्रधान देश भएपनि राज्यले कृषि क्षेत्रमा उचित लगानी गर्न नसकेको बताउनु भएको छ । राज्यले कृषिमा उचित लगानी नगर्दा युवा शक्ति विदेश पलाएन हुन बाध्य भएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी