अबको पन्ध्र दिनमा चुनावको घोषणा : जवेगु

अबको पन्ध्र दिनमा चुनावको घोषणा : जवेगु

  • बिहिबार, माघ १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

पाँचथर, १३ माघ । स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले अबको पन्ध्र दिन भित्र सरकारले स्थानिय निकायको चुनाव घोषणा गर्ने दाबी गर्नुभएको छ ।

पाँचथरको फिदिममा आज प्रेस सेन्टर, पाँचथरले गरेको पत्रकार सम्मेलनमा उहाँले स्थानीय तहको चुनाव गर्न सरकार तयार रहेको बताउनुभयो ।

संविधान कार्यान्वयन गर्न पनि चुनाव अपरिहार्य रहेको बताउनु भयो । स्थानीय तहको चुनावसँगै मुलुक संविधान कार्यान्वयनको बाटोमा जाने उहाँले भनाई छ ।

स्थानीय तहको निर्वाचनका लागि सबै दलहरुसँग छलफल तथा सहकार्य गरेर अघि बढ्नुपर्ने भएकाले अहिले छलफल र संवाद चलिरहेको उहाँले जानकारी गराउनुभयो ।

एक वर्ष्भित्रमा तीनवटै तहको निर्वाचन गरिसक्नुपर्ने भएकाले पनि तत्काल स्थानीय निकायको निर्वाचन गर्नपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ