ट्र्याक्टरले थिचेर बालिकाको मृत्यु, सहायक प्रजिअ सवार बोलेरोलाई बसले ठोक्यो

ट्र्याक्टरले थिचेर बालिकाको मृत्यु, सहायक प्रजिअ सवार बोलेरोलाई बसले ठोक्यो

  • बिहिबार, माघ १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

सिन्धुली, १३ माघ । सिन्धुलीको अरुणठाकुर गाविस–२ स्थित मानवा थापा टोलमा ट्र्याक्टरको ठक्करबाट १० वर्षीया विनिता तामाङको मृत्यु भएको छ ।

अरुणठाकुरको भित्री कच्ची बाटामा गुडिरहेको स १ त ५५ २२ नं को ट्र्याक्टरले आज बिहान विद्यालय जाँदै गरेकी सोही ठाउँकी तामाङलाई किच्दा घटनास्थलमा नै मृत्यु भएको हो ।

घरबाट स्कुल पढ्न गइरहेका अवस्थामा उनलाई ट्र्याक्टरको अगाडिको दाहिने चक्काले थिचेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराले बताउनु भयो ।

प्रहरी चौकी दुधौली सिन्धुलीले घटनास्थलमा शव जाँच मुचुल्का गरी शव परीक्षणका लागि कटारी अस्पताल उदयपुरमा पठाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनापछि ट्र्याक्टर चालक फरार रहेकाले खोजी जारी छ । ट्र्याक्टर भने प्रहरी चौकी दुधौलीको नियन्त्रणमा छ ।

यसैबीच सिन्धुली, कमलामाई नगरपालिका–६ सिन्धुली हस्पिटल रोडमा सिन्धुलीका सहायक प्रजिअ सवार बोलेरोलाई बसले ठक्कर दिएको छ ।

सहायक प्रजिअ सवार बा १ झ ७८२६ नं को बोलेरो गाडीलाई विपरीत दिशाबाट आएको ना ४ ख ९३३ नं को बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्करबाट मानवीय क्षति नभए पनि बोलेरो गाडीमा क्षति पुगेको प्रहरीको भनाइ छ ।

प्रहरीले बस चालक सिन्धुली कमलामाई नगरपालिका–१० भिमानका ५३ वर्षीय अर्जुन बराललाई नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ