झापाको निचाझोडा सिमसारको प्रवद्र्धनमा स्थानीयवासी सक्रिय

झापाको निचाझोडा सिमसारको प्रवद्र्धनमा स्थानीयवासी सक्रिय

  • बिहिबार, माघ १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

झापा , १३ माघ ।

झापाको दुहागढीका स्थानिय निचाझोडा सिमसार क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न जुटेका छन् ।

हातेमालो सामुदायिक वन क्षेत्रभित्र रहेको सिमसारमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले त्यसको संरक्ष्ण तथा प्रचारमा जुटेका छन् । वनको ३२.२७ हेक्टर सिमसार क्षेत्रलाई ‘निचाझोडा सिमसार पर्यटकीय स्थल’ नाम राखेर प्रचारमा जुटेका हुन् ।

राजवंशी भाषामा ‘निचा’ को अर्थ झिँगामाछा र ‘झोडा’को अर्थ खोल्सी रहेकाले सिमसारको नाम निचाझोडा रहन गएको दुवागढी–२ निवासी परशुराम राजवंशीले बताउनुभयो ।

स्थानीय उपभोक्ताले रु पाँच लाख सङ्कलन गरेर पहिलो चरणको कामसमेत सुरु गरिसकेका छन् जसमा दुहागढी गाविसले पनि स्थानीयवासीको अभियानमा सहकार्य गर्दैै रु दुई लाख सहयोग गरेको छ ।

त्यस्तै, सांसद विकास कोषले रु तीन लाख र निर्वाचन क्षेत्र विकास कोषबाट रु १० लाख सहयोग पाएपछि स्थानीयवासी अझ उत्साहित भएको दुवागढी–९ निवासी एवम् पत्रकार प्रकाश उप्रेतीले बताउनुभयो ।

सिमसारको पहिलो चरणमा माटो व्यवस्थापनको काम अघि बढाइएको छ । माटोको बाँध निर्माण गरी पानी सञ्चित गर्ने र पोखरीको संरचना तयार पार्ने काम भइरहेको दुहागढी–२ की टीका पौडेलले बताउनुभयो ।

हरियो वनभित्रको निचाझोडामा धार्मिक तथा ऐतिहासिकस्थल पनि रहेका छन् । धिमाल समुदायको धार्मिक तथा ऐतिहासिक स्थलका रुपमा त्यहाँ वार्षिक पूजा गर्ने थान रहेको छ ।

साथै, सो स्थानलाई उनीहरुले आफ्नो राजधानीका रुपमा समेत लिने गरेको निचाझोडा सिमसार पर्यटकीयस्थल निर्माण तथा विकास उपसमितिका संयोजक कृष्णराज सिग्देलले बताउनुभयो । त्यहाँ राजवंशी समुदायको चैतादेवीको थानसमेत रहेको छ । हरेक वर्षको चैतमा मेलाको आयोजना गरी उनीहरुले चैतुदेवीको पूजाआजा गर्ने गरेका छन् ।

पूर्व–पश्चिम राजमार्गको चारआली सडकखण्डको करिब तीन किलोमिटर दक्षिण दुहागढी गाविसमा रहेको हातेमालो सामुदायिक वन तीन सय ९१.२७ हेक्टर क्षेत्रमा फैलिएको छ जसमध्ये ५२.५ हेक्टर सिमसार क्षेत्र रहेको छ । त्यसमध्ये ३२.५ हेक्टर सिमसार क्षेत्रलाई पयर्टकीयस्थलका रुपमा विकास तथा व्यवस्थित गर्न लागिएको हो ।

हातेमालो सामुदायिक वन उपभोक्ता समूहमा २२ घरधुरी आबद्ध छन् । यसमा करिब एक हजार घरधुरी आदिवासी, आठ सय बाहुन÷क्षेत्री र चार सय दलित, मुस्लिम लगायतका समुदाय रहेका छन् । पर्यटकीयस्थलको निर्माण भएपछि दुवागढी २, ३ र ४ वडाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने गाविस सचिव कवीन्द्रविक्रम नेम्बाङले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ