शिक्षकको यातनापछि विद्यार्थी अस्पतालमा, उजुरी नगर्न बिद्यालय प्रशासनको धम्की

शिक्षकको यातनापछि विद्यार्थी अस्पतालमा, उजुरी नगर्न बिद्यालय प्रशासनको धम्की

  • बिहिबार, माघ १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

पाल्पा, १३ माघ ।
पाल्पाको भैरवस्थान गाविस स्थित भैरव जनता माविका शिक्षकले गृहकार्य नगरेको भन्दै बिद्यार्थीलाई यातना दिदै आएका छन् ।

घरको लागि दिईएको गृहकार्य नगरेको भन्दै साना साना बिद्याथीहरुलाई सजायस्वरुप कुखुरा बन्न लगाएर बेच्नमा उभ्यादा उनीहरुमा बिभिन्न स्वास्थ्य समस्या देखिन थालेको छ ।

यतानपश्चात बिद्यार्थी बिरामि भएर अस्पतालमा नै भर्ना गर्नुपर्ने भएपछि अभिभावकलाई बिद्यालयको बिरुद्ध कुनै उजुरी नगर्न धम्की दिने गरेको पनि अभिभावकको गुनासो छ ।

केहि दिन अघि मात्रै पनि मावि तहका शिक्षक चिरञ्जीवी बास्तोलाले बिदामा दिएको गृहकार्य नगरेको भनेर कक्षा ६ मा अध्ययनरत बा¥ह वर्षीया दलित छात्रा सुस्मिता रुचाललाई सजायस्वरुप कुखुरा बनाउँदा उनी बेहोस बन्न पुगेकी थिइन् ।

विद्यालय हाजिर नभएको बेलाको गृहकार्य नगरेको बताए पनि आफूलाई एक घन्टासम्म कुखुरा बनाएको पीडित विद्यार्थीको भनाइ छ ।

रुचाल कुखुरा बनेर बेन्चमा बस्ने बिभ्किै बेहोस भएकी थिईन । रुचालसँगै पेसा व्यवसाय पढाउने शिक्षकले अर्का विद्यार्थी मनिषा थापालाई समेत एक घन्टा कुखुरा बनाएर यातना दिएका थिए । उनको उपचार पाल्पामा सम्भव नभएकाले काठमाडौँ लैजानुपर्ने सुझाव अस्पतालले दिएको आफन्तले बताएका छन् ।
शिक्षकले कुखुरा बनाएपछि मात्र पहिलोपटक बेहोस बनेको र त्योभन्दा अघि कुनै पनि समस्या नदेखिएको रुचालका काका सुमितको भनाई छ ।

उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालयमा कुनै पनि उजुरी परेको छैन । आफन्तलाई उजुरी नदिन विद्यालय प्रशासनबाट दबाब आएको पीडित पक्षको भनाइ छ । विद्यार्थी अस्पतालमा उपचाररत हुँदा शिक्षकले राजनीति गरेर दोषीलाई संरक्षण गरेको अखिल क्रान्तिकारीका नेता विशाल ओलीले बताउनु भयो ।

जिशिका पाल्पाले आज विद्यार्थी सङ्गठनका प्रमुख, विद्यालयका प्रअ र शिक्षकसहित जिल्ला शिक्षा कार्यालयमा बैठक बसेर दोषीमाथि कारबाही गर्ने जानकारी दिएको छ । जिशिका शाखा अधिकृत रेशम न्यौपानेले घटनाको छानबिन गरी दोषीलाई कारबाही हुने बताउनुभयो ।

विद्यालयका प्रअ नारायण कुँवरलाई मोबाइलमा सम्पर्क गरी घटनाका बारेमा जानकारी लिन खोज्दा उहाँले प्रतिक्रिया दिन चाहनुभएन ।

गत वर्ष पनि दुई दलित विद्यार्थीमाथि शिक्षकले कुटपिट गरेको घटना सार्वजनिक भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी