पर्वत ,१३ माघ ।
पाँचौ पर्वत महोत्सब आजदेखि कुश्मा बजारमा सुरु हुदैछ । माघ २२ गते सम्म सन्चालन हुने महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले उद्घाटन गर्नु हुने छ ।
पर्वत क्षेत्रको पहिचान , विकास र पर्यटन प्रवद्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको महोत्सब आयोजक समितिका मुलसंयोजक तथा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछाने बताउनु भयो ।
महोत्सवमा यस बर्ष अघिल्ला महोत्सब भन्दा केही पृथक आकर्षणहरु पनि थपिने उहाँले बताउनु भयो ।
महोत्सबमा हिमाल, पहाड र तराईलाई झल्काउने गरि चौरीगाई, र उँट साथै बिश्वकै सबैभन्दा ठुलो पंक्षी अस्ट्रीज पनि प्रर्दशनीमा राखिने भएको छ ।
महोत्सब अवधीभर कालीगण्डकीमा जलयात्रा गराउने तथा दुर्लुङ्गको डाडाँबाट प्याराग्लाईडिङ्ग गराइने महासचिब ठाकुर बि पौडेलले बताउनु भयो ।
माटाको भाँडा र काठका ठेकी स्टलमा नै बनाउँदै पुरानो प्रबृधिको जानकारी दिनुका साथै बाँसबाट बिभिन्न सामाग्री बनाएर महोत्सवमा नै देखाईनेछ ।
यसका साथै पर्वत जिल्लाका लोपोन्मुख सस्कृति, कृषि , शैक्षिक, पराम्परागत प्रविधि, प्रदर्शनी, स्थानिय परिकारहरुको प्रर्दशनी पनि गरिनेछ । स्थानिय लघु घरेलु उद्यमबाट उत्पादित सामाग्रीहरु पनि बिक्री तथा प्रर्दशनमा राखिने आयोजक समितिले जानकारी दिएको छ।
यसैगरी राष्ट्रिय कलाकारहरु पशुपति शर्मा, प्रमोद खरेल, बद्री पंगेनी, राजु परियार, शिव परियार, लगायत दर्जनौ कलाकारले आफ्नो प्रस्तुती दिनेछन् ।